२०८३ मंसिर ६

हिराहरी तेक्वान्दो डोजाङमा जुनियर ग्रेडिङ सम्पन्न

चौतारा/ नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रमअनुसार चौतारास्थित हिराहरी तेक्वान्दो डोजाङमा प्रशिक्षणरत खेलाडीहरूको जुनियर ग्रेडिङ (Junior Belt Promotion Test) सम्पन्न भएको छ।

ग्रेडिङ कार्यक्रममा सिनियर खेलाडीहरू मेनुका श्रेष्ठ, सचिन तामाङ, सलिना चुहान, रेहान श्रेष्ठ, मिशन बागदास, निभा श्रेष्ठ, विजय श्रेष्ठ र रेगिना गुरुङसहित अभिभावकहरूको उपस्थिति रहेको थियो।

नेपाल तेक्वान्दो संघ, सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका उपाध्यक्ष, छैटौँ डान ब्ल्याक बेल्ट तथा हिराहरी तेक्वान्दो डोजाङका संस्थापक एवं प्रमुख रमेश गुरुङले ग्रेडिङ सञ्चालन गरेका थिए।

ग्रेडिङमा उत्तीर्ण हुन सफल सम्पूर्ण खेलाडीहरूलाई गुरुङले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्