२०८१ बैशाख ५

लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीलाई जग्गा धनि पुर्जा वितरण

चौतारा,१७ माघ

सम्झना कार्की -सिन्धुपाल्चोकको लिदी पहिरोबाट बिस्थापित भएका परिवारलाई मंलबार जग्गा धनि पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई जग्गा धनि पुर्जा वितरण गरिएको हो ।
सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका –०४ देउरालिमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले जग्गा धनि पुर्जा पाएका छन् ।

पुर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि तथा सिन्धुपाल्चोक क्षेत्र न.ं१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुवोध) ले ४१ घरधुरीलाई कुविण्डेमा स्थान्तरण हुने गरी र नयाँ बस्ती विकास गर्ने गरी राज्यले औपचारिक रुपमा जग्गा धनि पुर्जा दियो , जुगल सरकारको उद्देश्य अनुसार अब आयआर्जन स्वरोजगार, आर्थिक जिवनस्तरमा पनि सहयोग हुने गरी हामि सबै जुटेर काम गर्न आबश्यक रहेको बताउँनुभयो ।

२ सय ९ घरधुरी मध्ये ६४ घरधुरीलाईे बासखर्क , २७ घरधुरीलाई चनौटे र ७५ घरधुरी बस्तीलाई लिदिको सिमलडाडाँमै स्थापित गर्ने गरी दिगो ढङगबाट ब्यवस्थापन गर्र्न प्रक्रिया अगाडि बढेको उहाँको भनाई छ । सांसद सापकोटाले घर बनाउन पाँच पाँच लाख तपाईहरुको नाममा प्राप्त भईसकेको बताउदै हतार नगरी नमुना योग्य बस्ती बनाउँन आग्रह गर्नुभयो ।

साथै कार्यक्रममा सिन्धुपाल्चोक १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुवोध) को प्रमुख आतिथ्यतामा भएको थियो भने , चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाको बिशेष अतिथी ,जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्बोकोअध्यक्षतामा, पुर्व मेयर अमानसिं तामाङ, जनप्रतिनिधि, पहिरो पिडीतको उपस्थितिमा उतm जग्गा धनि पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्