२०८३ आश्विन १०

कांग्रेस अधिवेशन : को को छन् सिन्धुपाल्चोक क्षेत्र नं. २ मा सभापतिका आकांक्षी ?

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन नजिकिएसँगै सिन्धुपाल्चोक २ मा सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यो क्षेत्रमा हालसम्म क्षेत्रीय सभापतिका लागि चार जनाले उम्मेदवारी घोषणा गरेको पाइएको हो ।
आकांक्षीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । हालसम्म प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति पदका लागि समाजसेवी, नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ का कोषाध्यक्ष भूपेन्द्र थापा, पूर्व प्रदेश मन्त्री कृष्ण कुमार तामाङ, कांग्रेसका पुराना नेता तथा यसअघिका अधिवेशनमा महासमिति र महाधिवेशन प्रतिनिधि चुनिइसकेका पासाङ दोङ र कांग्रेस नेता करुणासागर सिग्देल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्