काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन गर्न सिन्धुपाल्चोकमा आफ्नो तयारी अघि बढाएको छ । त्यसक्रममा लालकाजी तामाङलाई जिल्लामा महाधिवेशन तयारीको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।
देउवा पक्षका तर्फबाट गठित १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा शशाङ्क कोइरालाले तामाङलाई सिन्धुपाल्चोकको संयोजकको जिम्मेवारी दिएका हुन् ।
पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतको प्रस्तावमा तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको संयोजकको जिम्मेवारी दिइएको हो ।सिन्धुपाल्चोक कांग्रेस नेता मोहनबहादुर बस्नेतको गृहजिल्ला हो ।
प्रतिक्रिया दिनुहोस्