२०८१ जेष्ठ ९

प्रहरी चौकी पाँचपोखरी थाङपाल भवन समुद्घाटन

बैशाख १८, सिन्धुपाल्चोक । प्रहरी चौकी पाँचपोखरी थाङपाल सिन्धुपाल्चोकको नव–निर्मित कार्यालय, ब्यारेक तथा मेस भवन समुद्घाटन गरिएको छ । मंगलबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले भवनको उद्घाटन गरेका हुन ।

उक्त भवन बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेट २ करोड ६६ लाख ७३ हजार लागतमा तयार भएको प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिए । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका ६ स्थित टारमा २ तले सुविधा सम्पन्न प्रहरी चौकी पाँचपोखरी थाङपाल भवन बनेको हो ।

भवन समुद्घाटनको अवसरमा बोल्दै मन्त्री गंगा नारायण श्रेष्ठले प्रहरी चौकी भवन बनेकोमा खुशी ब्यक्त गरे । उहाँले सुविधा सम्पन्न भवन तयार भएपछि यहाँबाट प्रहरीले सरल र सहज तरिकाले सेवा प्रवाह गर्ने वातावरण सिर्जना भएको बताए ।

वि. सं २०७८ चैत १७ गते सम्झौता भइ निमार्ण कार्य थालिएकामा २०८० चैत ३० गते भवन निमार्ण सम्पन्न भएको थियो । बैकुण्ठ के एण्ड जे जेभी गठ्ठाघर निमार्ण कम्पनीले भवन निमार्ण गरेका हुन् ।

समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङ, पाँचपोखरी थाङपाल गा.पा.का अध्यक्ष टासी लामा, प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा , प्रहरी उपरीक्षक सन्तोष खड्का लगायत स्थानिय सहित २ सय जनाको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्