सिन्धुपाल्चोक। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितलाई सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले राहत रकम प्रदान गर्ने भएको छ ।
बाटबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत स्वरूप रु १० लाख सहयोग गर्ने भएको हो ।
सो रकम बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका तर्फबाट उपलब्ध गराउने निर्णय गरेको हो। त्यसैगरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय तथा कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय पनि गरिएको छ ।
फरक पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्