२०८३ भाद्र १२

सिन्धुपाल्चोकका २४४ जना हराएपछि नुवाकोट पुगे सांसद दुलाल र पूर्वसांसद सापकोटा

भोटेकोसी नदीमा बुधबारको बाढीमा सिन्धुपाल्चोकका २४४ जना बेपत्ता भएपछि क्षेत्र नम्बर २ का सांसद युवराज दुलाल र क्षेत्र नम्बर १ का निवर्तमान सांसद माधव सापकोटा उद्धार कार्यका लागि नुवाकोट पुगेका छन् ।

भोटेकोसी बाढीपछि सवारी चालक, विभिन्न हाइड्रोमा कार्यरत मजदुर र कर्मचारी तथा चीनबाट सामान लिन गएका ठूलो संख्याका व्यावसायीहरू बुधबारदेखि सम्पर्कमा छैनन् ।

२४ घण्टा बितिसक्दा पनि आफ्नो क्षेत्रका मानिसहरूको अवस्था अज्ञात रहेपछि उनीहरू उद्धारमा गएका हुन् ।

नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर रसुवासम्म पुग्ने उनीहरूको योजना छ ।

बुधबार बिहान भोटेकोसीमा आएको बाढीले टिमुरे बजारसहित स्याफ्रुबेँसी, बेत्रावती, मैलुङ त्रिशूलीलगायतका बजार बगाएको छ । जसमा परेर अहिलेसम्म हजार बढी हराइरहेका छन् ।

 

नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्