सिन्धुपाल्चोकमा जिल्ला स्तरीय बक्सिङ संघकोे साधारण सभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगाल तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष रामबहादुर गिरीको उपस्थितिमा आयोजित कार्यक्रममा मानबहादुर भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।
नवगठित समितिको उपाध्यक्षमा डम्बरबहादुर भण्डारी, सचिवमा नयनबहादुर भण्डारी र कोषाध्यक्षमा विमल बस्नेत चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राकेश बस्नेत, कमला गिरी र हरिप्रसाद खतिवडा रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रामकृष्ण दंगालले सिन्धुपाल्चोकमा बक्सिङ खेलको सम्भावना रहेको उल्लेख गर्दै यसको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् । उनले खेलकुदले युवाहरूलाई अनुशासन, स्वास्थ्य र सकारात्मक मार्गतर्फ अग्रसर गराउने भन्दै नवगठित समितिलाई सक्रिय र परिणाममुखी ढंगले काम गर्न आग्रह गरे । साथै उनले स्थानीय तह, खेलकुद संघसंस्था तथा सरोकारवालाहरूबीच सहकार्य गर्दै जिल्लामा बक्सिङ खेलको विस्तार र खेलाडी उत्पादनमा जोड दिनुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा वक्ताहरूले जिल्लामा बक्सिङ खेलको विकास, खेलाडी उत्पादन तथा खेलकुद गतिविधि विस्तारमा नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्