सिन्धुपाल्चोक । अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
शनिबार बिहान गरिएको गिरफ्तारीलाई लोकतन्त्रविरोधी र राजनीतिक प्रतिशोध आरोप उनीहरूले लगाएका छन् । उनीहरूले तत्काल ओलीको रिहाइको माग गरेका छन्। सदरमुकाम चौतारा बजारमा प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत बिना सर्त रिहाइको माग गर्दै सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका हुन्।
एमाले जिल्ला कमिटीका पदाधिकारीहरूले सरकारको कदमले मुलुकमा राजनितिमा अस्थिरता निम्त्याउने दाबी गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्न सबै पक्षलाई आह्वान गरेका छन्।
कान्तिपुर टीभीबाट
प्रतिक्रिया दिनुहोस्