२०८२ फाल्गुन १९

कुविण्डेका १ दर्जनले एमाले परित्याग गरि नेकपा प्रवेश गरे

, कुविण्डे ।
चुनाव प्रचारप्रसारकाे अन्तिम दिन माधव सापकाेटा सुवाेध जिताउन भनि १ दर्जन व्यक्तिहरु नेकपा प्रवेश गरेका छन् । नेकपा एमाले चाैतारा साँगाचाेकगढी नगरपालिका वडा कमिटी सदस्य दिल बहादुर श्रेष्ठकाे नेतृत्वमा उनिहरु प्रबेश गरेका हुन् ।

अवकाे परिवर्तन र विकासको नेतृत्व नेकपाबाट मात्रै सम्भव भएको भन्दै  उनिहरु एमाले परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् ।
दिल बहादुर श्रेष्ठकाे नेतृत्वमा हुत्त बहादुर श्रेष्ठ , नरबहादुर श्रेष्ठ , लिलाबहादुर श्रेष्ठ , नन्दकुमार श्रेष्ठ , कुमार श्रेष्ठ , दल बहादुर श्रेष्ठ , कलि श्रेष्ठ , रविन श्रेष्ठ ,समिर श्रेष्ठ र डम्बर श्रेष्ठ रहेका छन् । उनिहरु सवैजना एमालेमा सक्रिय रहँदै आएका थिए ।
उनिहरुलाई नेकपाका नेताहरुले खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
अघिल्लो पटक संघिय संसदमा शसक्त आवाज उठाएर प्रभावकारी भूमिका खेलेको, जनजनकाे आसा र भराेसा सापकोटाप्रति भएको भन्दै उनिहरु नेकपा प्रबेश गरेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा तारा चुनाव चिन्ह लिएर सिन्धुपाल्चोक १ नम्बर क्षेत्रबाट चुनावी मैदानमा छन् माधव सापकोटा ।
लिसंखुपाखरबाट चुनावी अभियान थालनी गरेेका सापकोटाले घरदैलाे अभियानमा मतदाताकाे आफुप्रति बिस्वास र समर्थन रहेकाेमा खुसी हुँदै यसपटक पनि जनमत प्राप्त हुनेमा विस्वस्त रहेका छन् ।

उता बाह्रबिसेमा पनि बाह्रबुँदे नगरपालिकाका पुर्व मेयर निमफुञ्जाे शेर्पाले एमाले परित्याग गरेयता उनकाे पहलमा सयाै पार्टी प्रबेश गराएका छन् ।
आज मात्रै बाह्रबुँदेमा विभिन्न पार्टीबाट शेर्पाकाे पहलमा दर्जनाै व्यक्तिहरुलाई नेकपा भित्र्याएका छन् ।

 

सिन्धुज्वालाबाट

प्रतिक्रिया दिनुहोस्