२०८२ माघ २१

सिन्धुपाल्चोक विपद व्यवस्थापन सबालमा सञ्चारकर्मीहरुसंग कार्यशाला

चौतारा । सिन्धुपाल्चोक विपद व्यवस्थापन सबालमा सञ्चारकर्मीहरुसंग कार्यशाला गोष्टी सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सिन्धु शाखाको आयोजना तथा सामुदायिक आत्मनिर्भर सेवाकेन्द्र प्रतिवद्व ३ परियोजनाको सहयोगमा विपद व्यवस्थापन सबालमा सञ्चारकर्मीहरुसंग कार्यशाला गरिएको हो ।

नेपाल पत्रकार महासंघ सिन्धु शाखाको सभाहलमा आइतबार गरिएको कार्यशाला मुलधारका पत्रपत्रिका, डिजिटल सञ्चारमाध्यम, रेडियो टेलिभिजनसंग सम्बन्धित सञ्चारकर्मीहरुसंग गरिएको आयोजकले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला बाढीपहिरो आगोलागी लगाएतका विपदहरुको उच्च जोखिम रहेको जिल्ला हो । विपद पूर्व तयारी र पूर्व कायको लागि आवश्यक व्यवस्था विपद व्यवस्थापनमा संवेदनशील र तथ्यमा आधारित विषयहरु प्रभावकारी विपद व्यवस्थापनका प्रमुख पक्ष भएकोले यस्ता विषयहरुलाई जनस्तर सम्म पु¥याउने उद्देश्यले सञ्चारकर्मीहरुसंग एकदिने कार्यशाला गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लामा विपद व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यासहरु परिवर्तित परिवेश अनुसार सञ्चार माध्यामहरुको भूमिकाको विषमा छलफल भएको आयोजकले जनाएको छ ।

कार्यशालामा विपदको पूर्व तयारी, पूर्व कार्य प्रति कार्य, पुननिर्माण तथा पुर्नस्थापनाका क्षेत्रमा सञ्चार माध्यमबाट भएका असल अभ्यासहरुका विषमा छलफल गर्दै वकालतीय गतिविधि, विपद पत्रकारितामा भएका प्रयासहरु सिकाइ तथा चुनौतिहरुका विषय लक्षित गरी परियोजनाले यसका लागि गर्न सक्ने पहलहरुमा छलफल तथा योजना निर्माण गरिएको थियो ।

सिन्धुपाल्चोक जिल्लामा रहि विभिन्न पत्रपत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइन मिडियामा कार्यरत पत्रकारहरु सहभागी थिए । नेपाल पत्रकार महासंघ सिन्धुशाखा संग सहकार्य गरी साझेदार संस्थाका प्रतिनिधिहरु र विपद पत्रकारिता क्षेत्रमा अनुभव प्राप्त गरेका पत्रकारहरुले विषय बस्तुमा प्रस्तुती गरेका थिए ।

जिल्लाको विपदको परिवेश, सबाल र सञ्चारर्कीहरुको योगदानको विषयमा पत्रकार महासंघ जिल्ला शाखाले राखेको थियो । नमुना रिर्पोटिङ अभ्यास तथा समुह छलफलमा विपद पत्रकारिताका सबालमा शाखा अध्यक्ष ध्रुव दंगालले आफ्ना धारणा राखेका थिए भने सञ्चारकर्मी कमला पाख्रिनले प्रस्तुतीकरण गरेकी थिइन ।

त्यस्तै विपद उत्तरदायी सामाजिक सुरक्षा, विपद जोखिमको अवस्थामा वित्तीय व्यवस्थापनको सन्दर्भमा परियोजनका फोकल पर्सन हेमन्त दंगाललले राखेका थिए । यसैगरी सिन्धुपाल्चोक जिल्लामा पुननिर्माण तथा पुर्नस्थापनाको अवस्था, चुनौति र अवसर र सञ्चार माध्याममा यसको प्राथमिकताको बारेमा रबिराज धितालले प्रस्तुती दिएका थिए ।

कार्यशालाले सिन्धुपाल्चोक जिल्लामा विपद सम्बन्धी तथ्यपरक, जिम्मेवार र संवेदनशील सञ्चारलाई सुदृढ गर्दै सञ्चारकर्मीको क्षमता अभिवृद्वि गर्ने जनाईएको छ । यस मार्फत विपद पूर्व तयारी, पूर्व कार्य प्रतिकार्य, पुनर्निर्माण र समाजिक सुरक्षा सम्बन्धी मुद्दा प्रमाणमा आधारित रुपमा उजगार हुने अपेक्षा गरिएको छ । साथै परियोजना र सञ्चारमाध्याम र स्थानीय सरोकारवाला बीच प्रभावकारी समन्वय र दिगो सहकार्यको आधार निर्माण भएको आयोजकको ठम्याई छ ।

 

सिन्धु ज्वालाबाट

प्रतिक्रिया दिनुहोस्