२०८१ श्रावण १०
                           

चौरी पालन व्यवसाय भन्दा पनि बाध्यता

दिपक खत्री ÷ भदौ १६ — कुनै बेला सिन्धुपाल्चोकलाई ’चौरीको राजधानी’ नै भनिन्थ्यो । यहाँका माथिल्लो भेगका तामाङ र शेर्पा जातिको मुख्य आम्दानीको स्रोत चौरी पालन पेशा हो । तीन महिना मात्र मानव बस्ती छेउछाउ पुग्ने उनीहरु अधिकांश समय विकट हिमाली खर्कमा आफ्नो भविष्य खोजिरहेका हुन्छन् । तर उच्च भेगमा आम्दानीको मुख्य सा्रेत चौरी पालन पेशा अहिले व्यवसाय भन्दा पनि बाध्यता बन्न थालेको छ ।

तेम्बाथनका पासाङ तेम्बु शेर्पालाई मेला, पर्व र चाडबाडले कहिल्यै छुँदैन । वर्षमा नौ महिना खर्कमा फिरन्ते जीवन बिताउने पासाङ तेम्बुको निरन्तर सम्पर्क आफ्नै परिवारका सदस्य , चौरी र याकसँग मात्र हुन्छ । चौरीको चरन क्षेत्र खोज्दै उहाँ चौरी लिएर वर्षको नौ महिना ४ हजार ५ सय मिटर सम्मको उच्च भूभागसम्म पुगेर खर्क बनाएर बस्ने गर्नुहुन्छ । सिंगो परिवारको दिनचर्या खर्कमा बित्छ । वर्षको तिन ठाउँमा चौरीको गोठ संगै आफ्ना परिवार बस्ने थलो पनि परिवर्तन भैरहेको हुन्छ । जाडो बढ्दै गएपछि ३ महिना मानव बस्तीको नजिक पुग्ने भएपनि बाँकी समय फराकिलो खर्कमा सीमित व्यक्तिसँगको सहकार्यमै दैनिकी वित्ने गरेको छ ।


चौंरी, खर्क र आफ्नो परिवारको घेरानै पुस्तौंदेखि चौंरी पालन व्यवसाय गर्दै आएका किसानको दैनिकी हो । चौरीको दूधबाट बन्ने चिज, छुर्पी ,नौनी , घिउ लगायतका परिकारको बजारमा अझै माग बढ्दो छ । एउटै गोठमा कम्तीमा पनि ३० भन्दा वढी चौरी पाल्ने गरेका किसानको उत्पादन लिन ब्यापारी खर्क नै पुग्ने गर्छन् । किसानको उत्पादन सस्तोमा किनेर महंगोमा बिक्री गर्ने ब्यापारीलाई आर्थिक फाईदा भएपनि चौरी पालक किसान मारमा छन् । नालुङ शेर्पा आफुले ऋण गरेर चौरी पालेको तर वर्षौ सम्म पनि ऋण मुत्त हुन नसकेका बताउनुहुन्छ ।
चौरी गोठमा जन्मिएका र हुकिएकाहरु अधिंकाश द्येरै युवा अहिले वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । चौरी ब्यवसाय लोप हुने खतरामा पुगेपछि चोरीको संरक्षण गर्न हेलम्बु र जुगल गाउँपालिकाले बिमा कार्यक्रम थालेको छ । परम्परागत शैलीमा चौरी पाल्दै आएका किसानका गोठ र खर्कमा पुगेर बिमा गरिएपछि उनिहरु खुसी भएका छन् । एउटा चौरीकै ८० हजार देखि १ लाख सम्म मुल्य पर्ने भएकोले वीमाले राहत पुगेका छ कृषक नोर्शाङ शेर्पा बताउनुहुन्छ ।


हाल बृद्धबृद्धाले धान्दै आएको परम्परागत पेशाको जगेर्ना गर्न युवाको आकर्षण बढाउन जरुरी भइसकेको छ । वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने चौरी पालनलाई वैज्ञानिक र व्यवसायिक ढंगबाट विकास गर्न सकेमात्र युवाको आकर्षण यो पेशामा फर्कन सक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्