प्रथम सरोज स्मृती कप पुरुष भलिबल प्रतियोगिता २०८२ को फाइनलमा मेलम्ची नगरपालिका र जुगल गाउँपालिका भिड्ने भको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा हेलम्बु गाउँपलिका बिरुद्ध २५-१९ र २५ -२०को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै दोश्रो सेमिफाइनलको खेलमा बलेफी गाउँपालिका विरुद्ध २५-२३ र २५-१४ को जित निकाल्दै जुगल गाउँपालिका फाइनल प्रवेश गरेको छ । भोलि हुने फाइनल खेलमा उपाधिका लागि दुई टिम विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
त्यस्तै आजै हुने तेश्रो स्थानको लागि हेलम्बु गाउँपालिका र बलेफी गाउँपालिका विच हुने छ । पहिलो सेमिफाइनल खेलमा मेलम्चीका जर्सी नम्बर ३ का खेलाडी सुदिप तामाङ घोषित हुनुभएको छ भने दोश्रो सेमिफाइनल खेलमा जुगल गाउँपालिकाको जर्सी नम्बर ६ का अमृत रावत घोषित भएका हुन फाइनल खेल भोलि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख,दोश्रोले ७५ हजार तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ्न।
रेडियो मेलम्चीबाट
प्रतिक्रिया दिनुहोस्