२०८२ माघ ९

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

सिन्धुपाल्चोक ÷ चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकेटेस्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सुक्रबार दिउँसो करिब १२ः३० बजे बलेफीबाट बन्देउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ अगाडि गइरहेको बा.प्र. ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बा.प्र. ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँपालिका–४ निवासी २३ वर्षीय सन्तोष गुवाजु गम्भीर घाइते भएका थिए। उपचारका लागि सिन्धुसदावहार अस्पताल लगिएकोमा चिकित्सकले दिउँसो १ बजे मृत घोषणा गरेका हुन्।
घटनासँग सम्बन्धित दुवै मोटरसाइकल र बा.प्र. ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनास्थलमा यातायात आवागमन भने सुचारू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्