२०८२ पुष ७

दोरम्बा सैलुङ कपमा रोशन गहतराज उत्कृष्ट पुरुष खेलाडी, ठुलोसिरुवारी डोजोको ७ स्वर्णसहित १५ पदक

रितिक परियार, रामेछाप । दोरम्बा सैलुङमा सम्पन्न दोरम्बा सैलुङ कप तेस्रो राष्ट्रिय कराते प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाको ठुलोसिरुवारी डोजोले उल्लेखनीय सफलता हासिल गरेको छ । पौष ४ र ५ गते सञ्चालन भएको उक्त राष्ट्रिय प्रतियोगितामा ठुलोसिरुवारी डोजोका खेलाडीहरूले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । प्रतियोगितामा डोजोका खेलाडीहरूले ७ स्वर्ण, ३ रजत र ५ कास्य गरी जम्मा १५ पदक जित्न सफल भएका छन्।

डोजोका खेलाडी रोशन गहतराज उत्कृष्ट प्रदर्शनका आधारमा नगदसहित उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन । उनको उपलब्धिले ठुलोसिरुवारी डोजो तथा सिन्धुपाल्चोक जिल्लाको खेल क्षेत्रमा थप गौरव थपेको छ ।

पदक विजेता खेलाडीहरू
स्वर्ण पदक : रोशन गहतराज, रन्जित मैनाली, अनुप चौलागाईं, पार्बती श्रेष्ठ, सन्जिता श्रेष्ठ, दिल तामाङ र आशिष तामाङरजत पदक आशिका तामाङ, करण गिरि र करुणा श्रेष्ठ
कास्य पदक : सृष्टि तामाङ, सन्चिता चौलागाईं, आशिष श्रेष्ठ, करुणा तामाङ र प्रेरणा तामाङ

ठुलोसिरुवारी डोजोको यस सफलताले सिन्धुपाल्चोक जिल्लामा कराते खेलप्रति उत्साह बढाएको छ भने आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरूलाई थप प्रेरणा मिलेको डोजोको प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री गंगा लाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्