२०८२ पुष २

सशस्त्र प्रहरी बल सिन्धुपाल्चोकद्धारा २२ लाख बराबरको अबैध सामान सहित गाडी नियन्त्रण

सशस्त्र प्रहरी बल सिन्धुपाल्चोकले सोमबार राती अबैध सामान सहित गाडीलाई नियन्त्रणमा लिएको छ । गाडी बिल बिजक र भन्सार प्रज्ञापन पत्र नभएको अन्दाजी मुल्य रु.७,२२,०१०।–(सात लाख बाईस हजार दश रुपैया) बराबरको चाईनिज किराना सामान सहित प्रहरीले गाडीलाई नियन्त्रणमा लिएको हो ।मध्यरातको समयमा तातोपानीबाट खाडिचौर तर्फ आँउदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर (मिनि टिफर) गाडी प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वाटर सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक अच्युत कुमार मजगैँयाले जानकारी दिनुभयो ।
अबैध सामान सहित सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.–६ मान्द्रा बस्ने अन्दाजी बर्ष ३६ को सवारी चालक शिवलाल तामाङ्गलाई सवारी साधन सहित नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।
नियन्त्रणमा लिएको गाडीको अन्दाजी मुल्य रु.१५,००,०००।–(पन्ध्र लाख रुपैया) र बरामद भएको सामान रु.७,२२,०१०।–(सात लाख बाईस हजार दश रुपैया) सहित जम्मा अन्दाजी मुल्य रु.२२,२२,०१०।– (बाईस लाख बाईस हजार दश रुपैया) बराबरको सामान र गाडी बरामद गरी तातोपानी भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

 

राष्ट्रिय अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्