२०८१ श्रावण १२
                           

प्रभावकारी बन्दै नगरपालिकाले गरेको निशुल्क स्वास्थ्य विमा कार्यक्रम

केशव अधिकारी –  सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, “ख” वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिहरुको स्वास्थ्य वीमा कार्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोगमा सुधार गरी स्वास्थ्य वीमा कार्यले सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिले आफ्नो नगरपालिका भित्रका लक्षीत वर्गहरुलाई निः शुल्क रुपमा संचालन गरेको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी वनेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले हालसम्म ख वर्गका अपाङ्गता भएका व्यक्तिहरु २५० जना, दीर्घरोगी ४० जना, सहिद तथा बेपत्ता परिवार ७१ जना, जनयुद्ध तथा जनआन्दोलनका घाइले २९ जना, महिला सामुदायीक स्वास्थ्य स्वयमसेवीका ७८ जना, बृद्धाश्रमको ५ जना गरी ४६१ जनाले निशुल्क गराएका छन् ।

आर्थिक जोखिमलाई कम गर्दै स्वास्थ्य उपचारमा जनताको पहुँच पु¥याउने उद्देश्यल चौतारा साँगाचोकगढी नगरपालिकावाट तोकीएका लक्षित वर्गहरुको लागि गरेको निशुल्क स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बीमा गर्दा नियमित रुपमा औषधि सेवन गर्नेुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा एक लाख रुपैयासम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको बीमितहरुले बताएका छन् ।

‘नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा समावेश गरेका लक्षित वर्गका नागरिकहरुको लागि निशुल्क रुपमा अघि सारेको स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो कार्यक्रम हो, यो कार्यक्रमलाई सरकारले व्यबस्थित गर्नु जरुरी देखिएको छ’ चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले विपन्न नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिए पनि जेष्ठ नागरिक, अपाङ्गत भएका व्यक्तिहरु र विपन्न वर्गसम्म बीमा कार्यक्रमको जनचेतना पुग्न नसकेको बताए ।

‘ऋण खोजेर भए पनि पैसा बोकेर अस्पताल जानुपर्छ भन्ने स्थानीयहरू अहिले बीमाको कार्ड बोकेर अस्पताल गए उपचार पाइन्छ भन्ने अवस्थामा पुग्नु भएको छ’’ चौतारा साँगाचोकगढी नगरापालिका स्वास्थ्य संयोजक शिव पुरीले भने, ‘अझै यसको उपयोगिताबारे नबुझेकाहरूलाई बुझाउन सक्नुपर्छ । अझै कतिले बीमा गर्नु भएको छैन, गरेकाहरूले पनि सेवा लिन सक्नुभएको छैन । यसलाई थप व्यवस्थित बनाउन हामी पनि लागेका छौं ।’

स्वास्थ्य बीमा कार्यक्रम सुरू भएपछि उत्साहजनक रूपमा नागरिक बीमामा आवद्ध भएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख सापकोटाले बताए । नागरिकको स्वास्थ्य उपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएको वताए ।

स्थानीय सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने उद्देश्यले अगाडि सारेको लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य विमाले आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रममा स्थानीयवासीको आकर्षण बढाउन जनप्रतिनिधिहरूले भूमिका खेलिरहेका छन् । उपचार सेवामा छुट पाएपछि पहिलोपटक सरकारको साथ मिलेको अनुभूति भएको उनको भनाइ छ । नगरले गरेको लक्षितवर्गको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमवाट अन्य सर्वसाधारणसमेत बीमाप्रति आकर्षित भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–५ स्वास्थ्य बीमा कार्यक्रमकी दर्ता सहयोगी गमली गुरुङका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको बताउँछन् ।

नगरपालिकाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् । ‘सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होला जस्तो भएको थियो । पछि बीमाको कार्ड देखाएपछि त्यसैले काम ग¥यो’, चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ३ का मिलन लामाले भने, ‘जम्मा ३ हजार ५०० तिरेर बीमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै पो सहयोग हुँदो रहेछ ।’

बीमा गरेपछि टिकटको समेत पैसा तिर्नु नपर्ने भएपछि सदरमुकाममा रहेको सामुदायिक अस्पतालमा यसका लाभग्राहीलाई थप सहज भएको छ ।बीमा कार्यक्रमअन्तर्गत सर्वसाधारणले अन्तरङ्ग बहिरङ्ग सेवा, शल्यक्रिया सेवा, प्रयोगशाला तथा तोकिएको औषधि बीमा गरेपछि पाउनेछन् ।
निःशुल्क स्वास्थ्य विमा लिनको तपशिल अनुसारको कागजातहरु आवश्यक पर्ने छ ।
क) नेपाली नागरिक हुनुपर्ने ।
ख) नगरपालिका भित्र स्थायी बसोबास गरेको हुनुपर्ने ।
ग) लक्षित वर्ग नगरपालिकाबाट जारी स्वास्थ्य वीमा कार्यक्रम सम्बन्धी कार्यविधि, २०७९ मा तोकिए बमोजिम हुनुपर्ने ।
घ) चौतारा साागाचोकगढी नगरपालिकाबाट जारी भएको “ख” वर्गको अपाङ्गताको परिचयपत्र हुनुपर्ने ।
ङ) सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जन आन्दोलनका घाइते नेपाल सरकारले प्रमाणित गरेको हुनुपर्ने ।

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा समेटिएपछि विगतमा जस्तो सामान्य स्वास्थ्य उपचार गराउँदा पनि मोटो रकम तिर्नुपर्ने बाध्यता टरेको चौतारा साँगाचोकगढी नगरपालिका–१३ का रमेश नेपालीले बताए । स्वास्थ्य बीमाले गर्दा आपतकालीन अवस्थामा झन बढी सहयोग मिलेको उनको भनाइ छ ।

‘पहिला–पहिला गोजीभरि पैसा बोकेरमात्रै अस्पताल जानुपर्ने अवस्था थिया े। आफूसँग भएको पैसाले नपुग्ला कि भन्ने पीर हुन्थ्यो । अहिले बीमा कार्ड बोकेर गएपछि ढुक्कले उपचार सकेर फर्कने अवस्था छ’, उनले भने, ‘सुरूसुरूमा त यसको उपयोगिताबारे अन्यौल थियो । अहिले अस्पतालमा पुगेर नाम टिपाउना साथ बीमा गरेको छैन ? छ भने कार्ड दिनुस् भनेर त्यो प्रक्रियाबाट उपचार गराइदिने हुँदा एकदमै सजिलो र नगरपालिकाको ठूलो सहयोग पाएको महशुस हुन्छ ।’ आफूले निरन्तर बीमा दाबी गरेर सामान्य उपचार सेवा लिन थालेको नेपालीको भनाइ छ ।

त्यसैले नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम दुर्गम गाउँबस्तीमा प्रभावकारी बनेको हो । सरकारको राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ अनुसार नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउने दीर्घकालीन लक्ष्य छ । बीमामा कस्मेटिक सर्जरी, कृत्रिम अंग राख्ने, बढी मूल्यका चस्मा तथा सुन्ने यन्त्र, तोकिए बाहेकका दाँत सेवा, कृत्रिम गर्भाधान, लिंग परिवर्तन, झै–झगडापछि लागेको चोट, मादक पदार्थ सेवनपछि भएको दुर्घटना तथा गर्भपतन सेवा उपलब्ध छैन ।
के हो स्वास्थ्य बीमा
स्वास्थ्य विमा कार्यक्रमवाट अप्रत्याशित उपचार खर्चको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्न सक्छ ।
यसका अतिरिक्त, स्वास्थ्य बीमा गर्दा अन्य धेरै फाइदाहरू छन्, जस्मा ः
१.गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच ः स्वास्थ्य बीमाको साथ, तपाईं र तपाईंको परिवारका सदस्यहरूले स्वास्थ्य उपचार, हेरचाह, निदान परीक्षण र चोटपटकहरूको उपचार सहित विभिन्न स्वास्थ्य सेवाहरूमा पहुँच हुन्छ । यसले तपाईंलाई आकस्मिक उपचार आबश्यक पर्दा समयमै र हेरचाहको आवश्यकता पर्दा आर्थिकरूपले उपचार सुनिश्चित गर्न मद्दत गर्न सक्छ ।
२.वित्तीय सुरक्षा ः चिकित्सा खर्च महँगो हुन सक्छ, र बीमा बिना, तपाईं आफ्नो सबै स्वास्थ्य हेरचाह खर्च आफ्नो पकेटबाट भुक्तान गर्नुपर्ने हुनसक्छ । यस्तो खर्चहरु स्वास्थ्य बीमाले कभर गर्न मद्दत गर्न सक्छ, तपाईंलाई र तपाईंको परिवारलाई आर्थिक बोझबाट जोगाउन ।
३. मनको शान्ति ः स्वास्थ्य बीमाले मानसिक शान्ति प्रदान गर्न सक्छ, जस्तै तपाईंको परिवारलाई आपतकालिन उपचार आवश्यक परेको अवस्थामा उपचार सुरक्षित गरिएको छ,यो थाहा पाउँदा तपाईं र तपाईंको परिवारलाई यसले आर्थिक तनाव कम गर्न र आफ्नो काम र व्यक्तिगत जीवनमा ध्यान केन्द्रित गर्न मद्दत गर्न सक्छ ।

स्वास्थ्य बीमा कार्यक्रममा संलग्न हुनुको फाइदा यो हो कि तपाईं र तपाईंको परिवारको ओपीडी केसहरूको लागि कभर गरिएको हुन्छ । त्यस्तै आपतकालीन केसहरू र इनडोर केसहरू पनि कभर गरिएको हुन्छ । त्यसैगरी तपाईंले एक्स–रे ईसीजी अल्ट्रासाउन्ड ,एमआरआई, सीटी स्क्यान जस्ता निदानको यदि प्रयोग हुने उपचार पद्धतिहरूको पनि फाइदा पनि पाउनुहुनेछ तेती मात्र हैन तपाईंले बीमाको लागि सूचीबद्ध औषधिहरु पनि चिकित्सकको सल्लाहमा प्राप्त गर्नु सक्नुहुनेछ । त्यसैगरी हामी सबैलाई साना तथा मझौला प्रकार को शल्यक्रिया तथा आँखामा समस्या भएकाहरुको लागि चस्मा र आँखा नदेख्ने अपाङ्गता भएको हरुको लागि सेतो स्टिक र खुट्टामा समस्या भएकाहरूको लागि आवश्यक पर्ने बैशाखी समेत यस कार्यक्रममा उपलब्ध गराइन्छ ।

यस कार्यक्रममा समावेश हुन को लागि तपाईंले आफ्नो छ वा सो भन्दा कम परिवारका सदस्यहरूको स्वास्थ्य बीमा कभरेजको लागि ३५०० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । तपाईंको परिवारमा ५ जनाभन्दा बढी सदस्यहरु छन् भने प्रतिसदस्य ७०० को दरले थप्नु पर्ने हुन्छ । यस बीमा कार्यक्रम अन्तर्गत दर्ता सहयोगीमार्फत सदस्यता लिन सकिनेछ भने खल्ती बउउक बाट स्वास्थ बीमा नवीकरण गर्ने सुविधा प्राप्त गर्न सकिन्छ ।

यो सुविधा तपाईंले प्रथम उपचार बिन्दु बाट लिन सक्नुहुनेछ भनी आपतकालमा जुनसुकै अस्पतालबाट पनि स्वास्थ्य सेवा लिन सक्नुहुनेछ त्यसको लागि तपाईंले आफ्नो बीमा परिचय पत्र देखाउनुपर्छ । छ सदस्यका लागि तपाईंले रु. एकलाखको सुबिधा प्याकेज पाउनुहुनेछ । स्वास्थ्य बीमामा संलग्न भएपछि यो १ वर्षको लागि मान्य हुन्छ । तर बैशाख ,जेष्ठ र असारमा सदस्यता दर्ता भएको खण्डमा भाद्र १ बाट तपाईको सेवा सुरु हुने गर्दछ । श्रावण, भाद्र र आश्विनमा मा सदस्यता दर्ता गर्नेहरूको मंसिर १ बाट सेवा सुरु हुने गर्दछ । कार्तिक, मंसिर , पुष, मा सदस्यता दर्ता गर्नेहरूको फागुन ज्ञ गतेबाट सेवा सुरु हुने गर्दछ । माघ, फाल्गुन र चैत्रमा सदस्यता दर्ता गर्नेहरूको आगामी बर्षको जेठ १ गतेदेखि सेवा सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्