२०८२ पुष ४

हेपाहा भारत-विस्तारवादी भारत मुर्दावाद

फिल्ममार्फत-पुस्तकमार्फत-विख्यात व्यक्तिमार्फत भारत केवल नेपाललाई दोहन र दमन गर्छ । र हामी चुपचाप सहन्छौ ।
शनिवार एक मित्रले “अमित तिमी देशका कुराहरु लेख्छौ त्यसैले हिजो (गत शुक्रवार)रिलिज भएको “धुरन्धर” भन्ने मुभी हेर त । मैले लिङ्क पठाएको छु” । भनेर म्यासेज गरे ।
शनिवार दिउँसो समय मिलेन र अबेर रातिसम्म मैले फिल्म हेरेँ । आदित्य धरले निर्देशन गरेको फिल्म रहेछ । सञ्जय दत्त, अक्षय खन्ना, रणवीर सिंह, आर. माधवन, अर्जुन रामपाल, राकेश बेदी जस्ता दिग्गज कलाकारको काष्टिङ रहेछ ।
फिल्मको अरु विषयमा म गईन । म एक नेपाली त्यहाँ मेरो देशप्रति गरेको टिप्पणी साह्रै दुखद लाग्यो । एउटा संवादमा (१ घण्टा ०८ मिनेट ४० सेकेण्डपछि) रहमान डकैतको बडिगार्ड र हम्जा अलि मजारी बीच “पाकिस्तानमा छापिने नक्कली पैसा र खतरनाक हतियारहरु” कसरी भारत पुग्छ भन्ने संवादमा भनिन्छ- “नक्कली नोट कराचीसे गत्तर तक समुन्द्ररके रास्ते और वहाँसे प्लेन कार्गो होते हुए नेपाल जाएगा-नेपाल में है कोई एअरपोर्ट मिनिस्टरका बेटा जो यह नोट उत्तर प्रदेश बकरखाने तर भेजदेता है” ।
सुन, चन्दन, भेप जस्ता तस्करीमा नेता र तिनका छोरा मुसिएका समाचार पढिएको मात्र हैन आफ्नै हातले लेखेको पनि हो तर पनि विदेशीले देशका बारेमा भन्दा कस्तो नराम्रो लाग्दो रहेछ । “गु नै खाए पनि आफ्नै घरको कुकुर प्यारो भन्थ्ये हो रहेछ” ।
भारत नेपाललाई यस्तै हेपाह तुच्छता दर्शाइ रहन्छ । २०११ मा भारतीय मूलका नागरिक “फरिद जाकरिया”ले बुद्ध भारतीय हुन भनिदिए । नोबेल पुरस्कार विजेता जाकरियाले अफ्नो पुस्तक “दि पोष्ट अमेरिकन वर्ल्ड”मा लेखिदिए कि ‘बुद्ध नेपाली हैनन् र बुद्धिज्म भारतबाट प्रादुर्भाव भयो’ भनेर । विश्वका बासिन्दालाई जाकरियाको पुस्तकमार्फत गएको भ्रामक तथ्यको विरोध प्रतिरोधमा कुनै स्वाभिमानको ज्वालामुखी फुटेन नेपाली राजनीतिज्ञ, विज्ञ, प्राज्ञ, कलाकार, लेखक वा अन्य कुनै वर्गबाट । आम नागरिकले त्यसको भेउ पाउन सकेनन् ।
के गर्ने !? फिल्म हेरेर ताली पिट्ने वा टाउको समातेर रुने ?

प्रतिक्रिया दिनुहोस्