सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन, सिन्धुपाल्चोक शाखाका अध्यक्ष किशोर बुढाथोकीले पदबाट राजीनामा दिएका छन् । छैठौं अधिवेशनमार्फत अध्यक्षमा निर्वाचित भएका बुढाथोकीले व्यक्तिगत, पारिवारिक र राजनीतिक कारण देखाउँदै आफ्नो पद छाडेको घोषणा गरेका हुन् ।
बुढाथोकी १६ वर्षदेखि प्रेस युनियनसँग आबद्ध रहँदै विभिन्न जिम्मेवारीमा सक्रिय थिए । उनले कार्यकालभर साथ दिने सहकर्मी र सदस्यहरूप्रति आभार प्रकट गर्दै विगतका कमजोरीबारे क्षमा मागेका छन् । साथै, आगामी दिनमा पनि संगठनका गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको राजीनामापछि प्रेस युनियन, सिन्धुपाल्चोक शाखामा अध्यक्ष पद खाली भएको र अब नयाँ नेतृत्व चयनको आवश्यकता परेको युनियन स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्