२०८२ मंसिर १७

शान्ति र सद्भावको रक्षार्थ सिन्धुपाल्चोक आज निषेधाज्ञाको छायामा

चौतारा, सिन्धुपाल्चोक । शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज (बुधबार) बिहान १०:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म निषेधाज्ञा लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाद्वारा जारी आदेशअनुसार, यस अवधिभर जिल्लाभित्र सभा, जुलुस, प्रदर्शन, घेराउ, माइकिङ, हुलदङ्गा तथा सामूहिक भेला पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रशासनले हालै जिल्लामा बढ्दो गतिविधिले अवाञ्छित परिस्थिति सिर्जना भई शान्ति सुरक्षामा असर पर्न सक्ने आशंका रहेको भन्दै यस्तो कदम चालेको स्पष्ट पारेको छ । आदेश उल्लंघन गर्ने जो कोहीमाथि कानूनी कारबाही हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्