२०८२ भाद्र १२

थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेलम्चीका ११ वर्षीय ससाङ तामाङलाई सिल्वर मेडल

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–७ निवासी ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप (पाँचौं ग्रुप) मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्वर मेडल जितेका छन्।

श्रेय अभि तामाङ र लाक्पा दिकि शेर्पाका छोरा ससाङले छोटो समयमै न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीबाट प्रशिक्षण प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेका हुन् । उक्त प्रतियोगितामा २८ देशका करिब ३८ सयभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

कोच मुना मगरको मार्गदर्शनमा प्रतिस्पर्धामा उत्रिएका ससाङले उत्कृष्ट प्रदर्शन गर्दै दोश्रो स्थान हासिल गरेका हुन्। जितपछि उनले थाइल्यान्डमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै गौरवपूर्ण क्षण बाँडेका थिए ।

ससाङको यस उपलब्धिप्रति उनका परिवार, मेलम्ची नगरवासी तथा सम्पूर्ण नेपाली समुदायले गर्व र खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्