चौतारा । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको पहिलो भेला सोमबार (आज) चौतारामा हुँदैछ ।
भेलाको उदघाटन पार्टी केन्द्रीय सचिव तथा वाग्मति प्रदेश इन्चार्ज हितमान शाक्यले गर्नेछन । संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता र कार्यदिशा निर्माण गर्ने लक्ष्य सहित सहिद प्रतिष्ठान चौतारामा हुने सो पार्टीले जनाएको छ ।
सहिद प्रतिष्ठान चौतारामा ११ बजेबाट हुने उक्त भेलामा जिल्लाभरबाट भेलामा १५० देखि १८० सम्म पार्टीका प्रतिनिधिहरु सहभागी हुने पार्टी जिल्ला संयोजक गोविन्द पराजुली ‘अविनाश’ ले जानकारी दिए । भेलाको सम्पूर्ण तयारी पुरा भएको उनले बताए । उनका अनुसार भेलामा जिल्लाका १२ वटै स्थानीय तह (पालिका) का अध्यक्षहरूले आफ्नो–आफ्नो क्षेत्रगत संगठनात्मक प्रतिवेदन (रिपोर्टिङ) प्रस्तुत गर्नेछन ।
जिल्ला सचिव उद्वन आलेमगर ‘उपेन्द्र’ का अनुसार संघीय संरचना अनुसार जिल्ला समन्वय समितको संरचना १९९ सदस्य बन्नेछ । जसमा पालिका सचिव सम्मका पदाधिकारी पदेन सदस्य रहने छन् । प्रति पालिका ५ जना हँुदा ६० जना रहने जनाईएको छ ।
यस्तै प्रदेश कमिटिमा हाल कायम रहेका ४६, जिल्लामा निर्वाचित सांसदहरु ४ र पालिका प्रमुखहरु ४ गरेर ११५ भेलाबाट चुनिने छन् । त्यसपछि ११५ जनाले २५ प्रतिशत मनोनित गर्न पाउने पार्टीको विधानमा उल्लेख भएअनुसार २५ प्रतिशत मनोनयन गर्दा १९९ जनाको जिल्ला समन्वय समिति बन्ने सचिव आलेमगरले बताए । उनका अनुसार जिल्ला समन्वय सचिव आजको जिल्ला भेलाले टुङगो लगाउनेछ । तर जिल्ला संयोजक भने प्रदेश कमिटिले टुङग्याउने हुँदा आजै सम्भव नहुने उनले बताए ।
नेकपा विभाजन पछि यस्तो छ इतिहास
२०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै दुईतिहाइ नजिक रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ पुष ७ गते दुई टुक्रामा विभाजित भयो । माधवकुमार नेपाल सहित प्रचण्डले नेतृत्व गरेको नेकपा सिन्धुपाल्चोकको पार्टी अध्यक्षको भूमिका झम्कनाथ नेपालले गरे ।
तर सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो । माधवकुमार नेपाल सहितको समाजवादी पार्टी निर्माण भएसंगै सिन्धुपाल्चोकमा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक गोविन्द पराजुली ‘अविनाश’ हाल सम्म कायम रहेका छन् ।
कुन पदमा को छन दावेदार ?
लामो समय देखि पार्टी जिल्ला समन्वय समितिको भेला हुन नसकेको माओवादी केन्द्र सिन्धुपाल्चोकको आज हुने जिल्ला भेलालाई निकै महत्वको साथ हेरिएको छ ।
संघीय संरचना अनुसार साविक जिल्ला पार्टी कमिटिलाई जिल्ला समन्वय समितिमा बदलेर स्थानीय पार्टी संगठन मजबुत बनाउने उद्देश्य सहित माओवादी केन्द्रले बनाएको नयाँ संरचना अनुसार जिल्ला समन्वय समितिको यो भेलाबाट जिल्ला समन्वय समितिको संयोजक र सचिव मात्रै हुने पार्टी विधानको प्रावधान छ ।
जसमा सिन्धुपाल्चोकमा संयोजकमा ५ जनाले आफ्नो दावी प्रस्तुत गरेका छन् । यस अघि करिब ६ बर्ष संयोजकको भूमिका निर्वाह गरेका गोविन्द पराजुलीले आफ्नो दावीलाई पुन ः कायम राखेका छन् । आगमी २०८४ मा हुने तीन तहको निर्वाचन गराएर मात्र नेतृत्व हस्तान्तरण गर्ने उनले बताए । वाग्मति प्रदेशभरी जिल्ला संयोजक पुरानै कायम हुने देखिएकोले आफु पुन ः जिल्ला संयोजक रहने उनले दावी गरे ।
त्यस्तै लामो समय जिल्ला समन्वय सचिवको भूमिकामा रहेका उद्वन आलेमगर आफु पार्टी जिल्ला समन्वय समितिको संयोजकको स्वतः दावेदार रहेको बताउँछन् । पार्टीभित्र इमान्दार छबी बनाएका जनजाति पृष्टभूमिका नेता आलेमगरले आफू जिल्ला समन्वय समितिकाे संयाेजक बने पार्टीलाई गतिशील बनाउने उदघाेष गरे ।
त्यस्तै संयाेजककाे अर्का दावेदार चिरञ्जीवी आचार्य (चिराग) रहेका छन् । २०७४ काे स्थानीय तहकाे निर्वाचनमा इन्द्रावती गाउँपालिकाकाे अध्यक्षमा पराजित भएका आचार्यले अाफु जिल्ला समन्वय समितिकाे दावेदार रहेकाे बताए ।
यस्तै चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे दुईदुईपटक नगर सल्लाकारकाे भूमिकामा रहेका चन्द्र सापकाेटा ( रवि) ले समेत जिल्ला संयाेजककाे दावी गरेका छन् ।
यस्तै दलित नेताकाे रूपमा सिन्धुपाल्चोकमा चर्चा पाएका गणेश विक जिल्ला संयाेजककाे सशक्त दावेदार हुन् । जिल्ला स्कुलिङ विभागकाे प्रमुख रहेर निकै क्रियाशील रहेर काम गरिरहेका नेता विककाे दावेदारलाई दलित समुदायकाे वर्चस्वकाे रूपमा हेरिएकाे छ । संयाेजककाे दावेदार पराजुली, आलेमगर, आचार्य, सापकाेटा र विक सबै प्रदेश सचिवालय सदस्य हुन् ।
यस्तै जिल्ला समन्वयको सचिवमा टाेपनाथ सापकाेटा ( टिएन), उजारसिं तामाङ (समर), गंगाबहादुर तामाङ ( प्रवेश), राजु लामा ( राजु) र अम्बिका नेपाल ( भूमिका) ले दावी गरेका छन् । उनीहरू मध्ये सापकाेटा सचिवालय र अरू सबै प्रदेश कमिटी सदस्य हुन । संयाेजकमा महिलाकाे दावी नरहेपनि सचिवमा नेपालले दावी प्रस्तुत गरेपछि निकै महत्वका साथ हेरिएकाे छ ।
यस्तै गंगाबहादुर बलेफी गाउँपालका अध्यक्ष र राजु लिसंखुपाखर गाउँपालिका अध्यक्ष हुन । यी मध्ये जिल्ला समन्वय सचिव आज बन्दैछन् ।
स्रोत : सिन्धु ज्वाला
प्रतिक्रिया दिनुहोस्