सिन्धुपाल्चोक — राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल अन्तर्गत सिन्धुपाल्चोक शाखाको पहिलो जिल्ला भेला चौतारामा सम्पन्न भएको छ। भेलाबाट विजय नेपाल नेतृत्वको टिम विभिन्न पदमा चयन भएका छन्।
समारोहमा उपस्थित समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागर प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यस्तै, समूहका बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेलसहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति कार्यक्रममा रहेको थियो।देशभर सक्रिय समूहको ४१ औं शाखाको रूपमा गठन भएको सिन्धुपाल्चोक शाखाले जिल्ला भित्र फोटो पत्रकारितालाई अझ मर्यादित, अनुशासित र हकहितको संरक्षणमा केन्द्रित गर्दै अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी भेला कार्यक्रमका संयोजक सुन्दर शिरिषले एउटा फोटोमा हजारौं शब्दले व्यक्त गर्ने नसक्ने कुरा सरल तरिका बाट प्रस्तुत गर्न सक्ने क्षमता रहेको र यो पत्रकारिता क्षेत्रको अभिन्न अंग रहेको बताए।
कार्यक्रमका वक्ताहरूले स्थानीय स्तरमा पत्रकारहरूको पेशागत अधिकार, क्षमता अभिवृद्धि र संस्थागत विकासमा ध्यान केन्द्रित गर्दै काम नव गठित समितिलाई शुभकामना समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्