चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। शुक्रबार चौतारामा आयोजित विशेष समारोहबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले औपचारिक रूपमा सिन्धुपाल्चोकलाई यो उपाधिले सम्मानित गरेका हुन।
जनस्वास्थ्य कार्यालयका अनुसार, १६ महिनादेखि ५९ महिनासम्मका २हजार २सय पचास बालबालिकाहरूले आवश्यक सम्पूर्ण खोप पाएको तथ्यांक र १२ वटै पालिकाका १०३ वटै वडामा गरिएको घरधुरी सर्वेक्षणबाट प्राप्त प्रमाणका आधारमा जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ हासिल गर्न सफल भएको हो। योसँगै सिन्धुपाल्चोक नेपालकै नवौं जिल्ला बनेको छ जसले यो मान्यता प्राप्त गरेको छ।

समारोहमा मन्तव्य राख्दै मन्त्री थापाले खोप कार्यक्रमले शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। उनले दिगोपनाका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई थप सीप अभिवृद्धि गर्ने र गरिब तथा विपन्न वर्गका नागरिकलाई निजी अस्पतालमा समेत निःशुल्क उपचारको पहुँच दिलाउने सरकारको योजनाबारे जानकारी समेत दिएका छन्।

कार्यक्रममा प्रदेशसभा सांसद तथा पूर्व मन्त्री युवराज दुलालले पुर्ण खोप सुनिश्चिततालाई दिगो गर्दै लैजान शुभकामना दिदै यो कार्यक्रम नेपालको राष्ट्रिय लक्ष्य र संघीयताको मर्म अनुसार स्थानिय र प्रदेश हुदै सिंगो राष्ट्रलाई नै पुर्ण खोप सुनिश्चित घोषण गर्ने योजना रहेको बताए। प्रदेश सभा सदस्य दुलालले खोप आधारभुत स्वस्थ्य सेवा अन्तर्गत रहेको र स्वस्थ्य सेवामा सबै नागरिकको समान पहुच स्थापित गर्न आवश्यक रहेको बताउदै यसको कार्य सम्पादनको जिम्मेवारी प्रदेश सरकारको रहेको उल्लेख गरे। साथै दुलालले सकारात्मक विवेक सहित विकासको वितरण गर्न सके मात्र समाजवाद उन्मुख आर्थिक व्यवस्था र विकास हासिल गर्न सकिने तर्क राखे।

कार्यक्रममा डब्लुएचओका कन्ट्री निर्देशक डा. राजेश पाण्डव, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष गीता नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दिगोपनाको प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा वक्ताहरूले स्वस्थ्य सेवालाई नागरिक स्तर सम्म पुर्याउनु आआफ्नो तर्फबाट विभिन्न अभियान र क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको बताए।

घोषण कार्यक्रमको अन्त्यमा उपस्थित सबै अतिथि तथा स्वस्थ्य कर्मीहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरि पूर्णखोप सुनिश्चितताको दिगोपनको लागि प्रतिबद्ध रहेको संकेत दिएका छन्। कार्यक्रममा खोप सुनिश्चितता घोषण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका स्वास्थ्यकर्मी, पालिकाकाहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्