२०८२ असार २०

७ दिने अचार बनाउने तालिम सम्पन्न

चौतारा – बागमती प्रदेश सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा सञ्चालित ७ दिने अचार बनाउने तालिम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा सम्पन्न भएको छ।

समापन समारोहका प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले युवा तथा महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन सकिने बताउदै यस्ता कार्यक्रमले स्थानिय उत्पादनलाई व्यवसायिकरण गर्न सहयोग पुग्ने तर्क व्यक्त गरे।
साथै उनले तालिमलाई तालिममा मात्र सिमित नराखी व्यवहारमा लागु गर्न सहभागीहरूलाई सुझाव दिएका छन्

विशेष अतिथि वडा सदस्य रामबहादुर घलेले सहभागीहरूलाई प्राप्त सीपलाई व्यवहारमा उतार्न अनुरोध गर्दै  सिकेको सीप अब बजारमा रूपान्तरण गर्न आवश्यक रहेको र यसलाई आम्दानीको राम्रो स्रोत बनाई जीवन स्तर गुणस्तर बनाउन आग्रह गरे।

तालिमकी प्रशिक्षक बिन्दु घलेले अचार बनाउने विविध प्रविधि र संरक्षण विधिबारे सिकाइएको जानकारी दिए। यस तालिममा सहभागीहरूलाई ७ दिनमा १२ किसिमको अचार बनाउन प्रशिक्षण प्रदान गरिएको उनी बताउछिन्।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला युवा समिति, सिन्धुपाल्चोकका प्रतिनिधि रूपक दुलालले सहभागीहरूलाई प्रेरणा दिँदै तालिम दिएर मात्रै होइन,  सीपलाई स्वरोजगारमा बदल्न नीति तथा कार्यक्रममार्फत सहभागीहरूलाई सहयोग गर्न तयार रहेको र  आफैं सक्षम बन्नु नै हाम्रो सफलता मापनको विधि रहेको कुरा बताए।

सहभागीहरूले तालिमप्रति उत्साह व्यक्त गर्दै घरमै सानो लगानीमा सुरु गर्न मिल्ने सीप पाउँदा धेरै आत्मविश्वासी भएको महसुस गरेका छन्। अब अचार उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाउने सोच रहेको र वडा कार्यलयलाई बजार व्यवस्थापनको लागि समेत सहभागीहरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्