कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूको सक्रिय उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष गंगा बहादुर तामाङले नियमित खोप सेवाको पहुँच विस्तार र स्वास्थ्य सचेतना अभिवृद्धि गर्न गाउँपालिकाले विशेष पहलहरू गरेका कारण यो उपलब्धि सम्भव भएको जानकारी दिए ।
उनले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानीयवासीहरूले देखाएको सक्रियता र समर्पणको प्रशंसा गरे ।
त्यस्तै, उपाध्यक्ष सरु लामा तामाङले पूर्ण खोप अभियानले गाउँपालिकाको बालस्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा भएको यो उपलब्धिले बलेफीलाई स्वस्थ र समुन्नत पालिका बनाउने दिशातर्फ अग्रसर गराउने बताए ।
गाउँपालिकाले आगामी दिनहरूमा पनि स्वास्थ्य सेवा सुदृढीकरण खोप पहुँच विस्तार तथा जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ
प्रतिक्रिया दिनुहोस्