सिन्धुपाल्चोक — बलेफी गाउँपालिका–२ मा हालै सुरु गरिएको हाइब्रिड मकैको बिउ उत्पादन परीक्षणले यसैको सजीव उदाहरण प्रस्तुत गर्छ ।
श्री ब्रम्हायणी साना किसान कृषि सहकारी संस्थाले रामपुर १० जातको हाइब्रिड मकै नौबिसे क्षेत्रको दुई रोपनी खेतमा परीक्षण थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई, सिन्धुपाल्चोकको सहयोगमा सुरु गरिएको यो परीक्षणले स्थानीय कृषिमा नवीन प्रयोगको ढोका खोलेको छ ।
सहकारीका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार, यो प्रक्रिया दुई फरक प्रकारका भाले र पोथी मकैलाई नियन्त्रित रूपमा परागकण गराएर नयाँ, रोग प्रतिरोधी र वातावरणमैत्री बिउ उत्पादनमा केन्द्रित छ ।
यस्ता नविन परीक्षणसँगै सिन्धुपाल्चोक र काभ्रेका अगुवा कृषकहरु एक आपसमा अन्तरक्रिया गर्दै सिकाइको वातावरण निर्माण गर्दैछन् ।
कृषकहरुलाई यो अवसर जुराएको हो , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकले ।
स्थलगत अनुगमन भ्रमणमा सहभागी टोलिले कृषि प्रविधिको प्रभावकारिता, कार्यान्वयनमा आएका चुनौती र समाधानका उपायहरूमाथि गहन छलफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्