२०८१ श्रावण १२
                           

फुटसलमा नेता टिम पराजित

फुटसलमा नेता टिम पराजित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोटेकोसी गाउँपालिकाको युवा तथा खेलकूद विभागले काठमाडौको चुच्चेपाटीमा फुटसल प्रतियोगिताको आयोजना ग¥यो । भाटभटेनी सुपरमार्केटको रुफटपमा शनिबार सम्पन्न मैत्रीपूर्ण फुटसल खेलमा भोटेकोसी कमिटीले नेकपा सिन्धुपाल्चोकको नेता टोलीलाई पराजित गरेको छ । फुटसलमा नेता टिम पराजित
नेता टोलीलाई एक गोल अन्तरले भोटेकोसीले हराएको हो । नेता टोलीले ९ र भोटेकोसीले १० गोल प्रहार गरेको मैत्रीपूर्ण खेलमा सहभागी भोटेकोसी नेकपाका अध्यक्ष आङछिरी शेर्पाले बताए । राजनीतिक नेता र कार्यकर्ताबीच स्वस्थ प्रतिस्पर्धा र भावनात्मक एकता साटासाट गरी पार्टी संगठनलाई एकताबद्ध पार्न कार्यक्रम गरिएको हो । फुटसलमा नेता टिम पराजित
प्रतियोगितामा सिन्धुपाल्चोकका युवा नेताको समूह सहभागी भयो । खेलमा पूर्व सांसदद्वय राजकुमार श्रेष्ठ, सुभाष कर्माचार्य, नेकपा केन्द्रीय सदस्यद्वय माधव सापकोटा सुवोध, रामप्रसाद सापकोटा दीपशिखा, नेता सरल सहयात्री पौडेल, लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, नेता टीएन सापकोटालगायत थिए । २१४७ औं ग्याल्पो लोसारको अवसरमा प्रतियोगिता गरिएको हो । फुटसलमा नेता टिम पराजित

प्रतिक्रिया दिनुहोस्