२०८२ असार २
                           

चौथो लायन्स कप फ्रेन्ड्ली फुटबल टूर्नामेन्टको उपाधि चौतारा स्पोर्टिङ क्लबको

शनिबार सम्पन्न चौथो लायन्स कप फ्रेन्ड्ली फुटबल टूर्नामेन्टको फाइनल खेलमा चौतारा स्पोर्टिङ क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको छ। प्रतिस्पर्धाको क्रममा उच्च स्तरको खेल कौशल देखाउँदै चौतारा स्पोर्टिङ क्लबले अन्तिम खेलमा प्रभावशाली जित दर्ता गरेको छ।

Photo by sujan Shrestha

बैंक इन्स्योरेन्स माइक्रो फाइनान्स क्लबले कडा प्रतिस्पर्धा दिदै खेलको अन्तिम सम्म पनि दुवै टिमको खातामा शुन्य अंक भएपछि खेल पेनाल्टीमा प्रवेश हुन पुग्यो आफ्नो उत्कृष्ट सुटिङ र डिफेन्डिङ सीपको प्रयोग गर्दै चोैतारा स्पोर्टिङ क्लबले चौथो लायन्स कप फ्रेन्ड्ली फुटबल टूर्नामेन्टको उपाधि आफ्नो बनाउन सफल भएको हो। प्रतियोगितामा सहभागी ११ समुहको सबै खेलाडीहरूको समर्पण, रणनीति, तथा मेहनत प्रशंसनीय रहेको दर्शकहरूको भनाइ छ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद सापकोटाले यो प्रतियोगिताले सबै संघ संस्था र कार्यलयहरू बीचको सम्बन्धि सुमधुर बनाउन विश्वास रहेको बताउदै विजेता टोलीलाई बधाईका साथै उपविजेता टोलीलाई पनि उत्तम प्रदर्शनका लागि धन्यवाद व्यक्त गरेका छन् साथै खेलकुदले अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक क्षमता बढाउने जसले समाजलाई सकारात्मक दिशा तर्फ अघि बढाउन महत्त्वपूर्ण भुमिका खेल्ने उनको विश्वास छ।

उपविजेता

प्रतियोगिताको समाप्ति पछि विशेष समारोह बीच विजेता चौतारा स्पोर्टिङ क्लब र उपविजेता बैंक इन्स्योरेन्स माइक्रो फाइनान्स क्लब लाई ट्रफी तथा पदक प्रदान गरिएको थियो। यो सम्मानले खेलाडीहरूलाई थप उत्साह प्रदान गरेको छ।

समापन समारोहमा प्रतियोगिताको सफल आयोजना सुनिश्चित गर्न सहयोग गर्ने विभिन्न व्यक्तिहरू तथा संस्थाहरुलाई विशेष सम्मान पत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो। उनीहरूको समर्थन तथा योगदानले प्रतियोगितालाई उच्च स्तरमा सम्पन्न गर्न मद्दत पुगेको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्