सिन्धुपाल्चोक । यसपटक पनि ठूलोसिरुवारी डोजोका उत्पादन ३ जना खेलाडीहरुले स्वर्ण र कास्य पदक हात पारेका छन् ।
यही जेठ ३ र ४ गते भएको ११ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उनीहरुले विभिन्न देशका खेलाडीहरु संग प्रतिस्पर्धा गरेर विजेता बनेको हो ।
प्रतियोगितामा कराते खेलाडी रोशन गहतराजले ५५ तौल समुहमा स्वर्ण पदक र रन्जित मैनालीले ७६ तौल समुहमा कास्य पदक जित्न सफल भएको कराते प्रशिक्षक गंगा लाल श्रेष्ठले जानकारी दिए ।
यसैगरी रोशन गहतराजले ५५ तौल समुहमा तर्फ फाइनलमा भारतलाई ०–८ ले नकआउट हान्दै प्रथम स्थान हासिल गरे ।उनीहरु चौतारा साँगाचोकगढी नगरपालिका १३ ठुलोसिरुवारीका खेलाडीहरु हुन् ।
ललितपुरस्थित सातदोबाटोको कराते एकेडेमी हलमा भएको प्रतियोगितामा भारत, बङ्गलादेश, नेपाल र श्रीलङ्का बिच प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्