२०८१ श्रावण १२
                           

मेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक २ वैशाख -सिन्धुपाल्चोकको मेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

मेलम्ची पुनः निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा हुने  भएको हाे ।

व्यक्तिगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्था रहेको र यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस्