२०८२ असार २
                           

चौसाँगढी नगरपालिकाको सहयोगमा जिल्ला प्रशासनबाट नागरिकलाई निशुल्क फारम भर्ने लगायतका सेवा

चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट चैत्र ७ गते यता ५ सय ६९ जनाले सेवा लिएका छन् ।

नगरापालिकाले एक जना कर्मचारीको व्यवस्था गरि जिल्ला प्रशासनको सेवामा सहयोग गरेको छ ।

आर्थिक रुपले बित्पन्न , अशक्त , अपाङ्गता , जेष्ठ नागरिकको अवस्थालई मध्यनजर गरि जिल्ला प्रशासनले निःशुल्क सेवा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

कार्यालयको अनुसार कार्यालयको नियमित सेवासंग सम्वन्धित निवेदनहरु १ सय १७ , राष्टिय परिचय पत्र अनलाईन फरम ३ सय २१ , पासपोर्टको अनलाईन फरम ४४ र फोटोकपी ८७ गरि जम्मा ५ यस ६९ जनाले सेवा लिएका छन् ।

चैत ७ गते यता सेवा बिस्तार भएपनि चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले सोमबार सेवाकक्षबाटै नगरापालका वडा नम्बर १३ की निशा थापालाई राष्टिय परिचयपत्रको अनलाईन फरम हस्तान्तरण गरि सेवाको औपचारिक सुभारम्भ गरेका हुन् ।

सो क्रममा नगरउपप्रमुख सीता थापा , प्रमुख जिल्ला अधिकारी किरण थापा , नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा लगायतले सेवा स्थलको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्