२०८२ भाद्र १३

बाँसखर्कमा ढुंगा झिक्ने क्रममा पहिरो खसेर पुरिएका एक्साभेटर चालक मृत भेटिए

सिन्धुपाल्चोक-  पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कमा ढुंगा झिक्ने क्रममा पहिरो खसेर पुरिएका एक्साभेटर चालक मृत भेटिएका छन्।

पहिरोले पुरिएका एक्साभेटरका चालक बुधबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

नवलपरासी बस्ने २५ वर्षीय रमेश दराईको शव एक्साभेटरभित्र फेला परेको हो। मंगलबार बाँसखर्कमा ढुंगा झिक्ने क्रममा माथिबाट ढुंगा खसेर एक्साभेटर पुरिएको थियो।

प्रतिक्रिया दिनुहोस्