२०८१ श्रावण १२
                           

ईन्द्रावती खोलामा डुबी गम्भिर घाईते महिलाको उपचारको क्रममा मृत्यु

भदौ २७ — ईन्द्रावती खोलामा डुबी गम्भिर घाईते महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मेलम्ची १० शिखरपुर बस्ने ६० वर्षकी मिठु रावलको डुबिएको अवस्थामा उद्धार गरी मेलम्ची लगिएकोमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । सोमबार दिउसो ३ बजेको समयमा मेलम्ची ११ स्थित ईन्द्रावती खोलामा डुबिएको अबस्थामा स्थानियबासीले देखी उद्धार गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया दिनुहोस्