चौतारा, सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा तथा नगर सहकारी सञ्जालको समन्वयमा सहकारी व्यवस्थापकहरूको नगर स्तरीय सञ्जाल गठन तथा समसामयिक विषय सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरभित्र क्रियाशील सहकारी संस्थाका व्यवस्थापक, सरोकारवाला तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहकारी व्यवस्थापकरूको नगर स्तरीय सञ्जाल गठन कार्यक्रम बाट लिला बहादुर गिरी नेतृत्वको कार्यसमिति चयन भएका छन्। कार्यक्रममा सहकारी सम्बन्धि विभिन्न जिज्ञासा र प्रश्नहरू समेत उठेका थिए।
कार्यक्रमले सहकारी संस्थाहरूबीच समन्वय र सहकार्यको वातावरण सृजना गर्नुका साथै सहकारीहरूको समस्य र सञ्चालनमा आएको जटिलताहरू समाधान गर्न आवश्यक पहल गर्नुपर्ने सन्देश दिएको आयोजकले जनाएको छ।
नगर सहकारी शाखाका प्रमुख सिम्रन नेपालका अनुसार नगरपालिकामा नवीकरण गर्ने र सक्रिय सहकारीहरू ४४ वटा मात्र रहेका छन् र ती नै सहकारीहरूका प्रतिनिधिहरूको उपस्थितमा नगरपालिकाले सहकारी सम्बन्ध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। साथै यस्तो सञ्जाल तथा समितिहरूले सहकारी सम्बन्धि समस्य र मागहरू लाई नगरपालिका सम्म ल्याउन महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको कुरा पनि उनले बताइन्।
प्रतिक्रिया दिनुहोस्