अरनिको राजमार्ग बन्देउदेखि तातोपानीको लिपिङसम्मको सडकखण्ड स्तरोन्नतीका लागि तीन अर्ब सुनिश्चित भएको छ । बाढीपहिरो, भूकम्प लगायतका प्राकृतिक विपतबाट थिलथिलो र उक्त सडकखण्डको मर्मत सुधारलगायतका स्तरोन्नतीका लागि सरकारले बजेट पठाएको हो ।
मन्त्रिपरिषदको निर्णयले बजेटको स्रोत सुनिश्चित गरेपछि सडक विभागले उक्त सडकखण्डको स्तरोन्नतीका लागि ठेक्का प्रक्रिया थालनी गरेको छ । प्रतिनिधिसभा १ का सांसद माधवप्रसाद सापकोटा (सुवोध) को विशेष पहलले सरकारले उक्त बजेट उपलब्ध गराएको हो ।
अरनिको लोकमार्गअन्तर्गत बन्देउदेखि लिपिङसम्मका साँघुरो सडक चौडा पार्न, पहिरो व्यवस्थापन मर्मतसम्भार र स्तरोन्नती, ध्वास भएका बाटो सुधार गर्न बजेट स्रोत सुनिश्चित भएको सङ्घीय सांसद सापकोटाले जानकारी दिए ।
जुरे पहिरो, भूकम्पले जीर्ण बनेको उक्त सडकखण्ड स्तरोन्नतीका लागि ठेक्का प्रक्रिया अगाडि बढेको सडक विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्