२०८२ असार २
                           

जुगल गाउँपालिकामा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा हुने

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा हुने भएको छ । गाउँपालिकाको आयोजनामा जिल्ला भित्रका १२ वटै स्थानीय तहमा अध्यापनरत पुरुष शिक्षकहरुलाई सहभागी गराई अध्यक्ष कप ९प्रथम० भलिबल प्रतियोगिता फाल्गुन १४ र १५ गते दुई दिन सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मा रहेको सेलाङ माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले ५० हजार रुपैँया, उपबिजेता टोलीले ३० हजार र तृतीय स्थान हाँसिल गर्ने टोलीले २० हजार नगद सहित सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।

गाउँपालिकाले आज एक सुचना जारी गर्दै प्रतियोगिताममा सहभागी हुन यहि फागुन ११ गते सम्म पाँच हजार शुल्क सहित टिम दर्ता गर्न जिल्लाका सबै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्