चौतारा/ मानव वेचविखन विरुद्धको १६ अन्तराष्ट्रिय दिवसको अवसरमा सचेतनात्मक र्याली हुने भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा भदौ २० गते सचेतनात्मक र्यालि, कोणसभा र शक्ति समूहद्वारा सञ्चालित सेभ हाउसलाई सहयोगी सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना हुन लागेको हो ।
चौतारा साँगाचोक नगरपालिकाकी उपमेयर सीता थापाको अध्यक्षतामा आज सरोकारवालाहरुसँग बसेको एक बैठकले कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
उपमेयर थापाले भदौ २० गतेको र्यालिमा सबैलाई सभागिताका लागि अनुरोध गर्दै मानव बेचविखनबाट प्रभावितहरुलाई आवश्यक सामाग्री पनि सहयोग गर्ने जानकारी दिनु भयो । कार्यक्रमलाई सारर्थक बनाउनका लागि शान्ति फाउण्डेशनले रु पाँच हजार, सेवक नेपालले रु तीन हजार र सिडिइसिएफले रु तीन हजार सहयोग उपलव्ध गराइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्