२०८२ असार ३
                           

चौसाँ गढी नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षालाई औपचारिक रुपमा  घोषणा गर्ने

जेठ ११, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले अनिवार्य र निशुल्क शिक्षालाई औपचारिक रुपमा  घोषणा गर्ने भएको छ । कार्यान्वयन पक्षलाई सशक्त बनाउनका लागी यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले यही जेठ १३ गते   अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्ने तयारी भइरहेको छ ।

बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय हेटौंडाको सहयोगमा  घोषणा कार्यक्रमको आयोजना गर्न लागेको पालिकाले जनाएको छ ।

अनिवार्य तथा निशुल्क शिक्षा घोषणा र  निन्तरताका लागि पालिकाले विद्यालय मर्च, शिक्षक दरवन्दी मिलान, विद्यालय नक्साङ्कन, भौगोलिक अवस्था, जनसांख्यिक संरचना, विद्यार्थी संख्या लगायतका विभिन्न पक्षहरुको अध्ययन र रचरणहरु पार गरिसकेको  छ ।

प्रतिक्रिया दिनुहोस्