सिन्धुपाल्चोक ,२२ पुस- जन विकास मावि चौतारा साँगाचोकगढी न.पा.–११ पाथीभराको ४८ औं वार्षिकोत्सब समारोह विभिन्न कार्यक्रम गरि मनाईएको छ । आइतबार चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाद्धारा विद्यालय प्राङ्गणमा विरुवा रोपेर समारोहको उद्घाटन गरिएको थियो ।
वार्षिक उत्सव समारोहमा मन्तब्य राख्दै नगरपालिका प्रमुख सापकोटाले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले बिशेष योजना नै निर्माण गरेर लागिपरेको बताउनुभयो । गुणस्तरीय र निशुल्क शिक्षा आजको अनिवार्य शर्त भएकाले त्यसतर्फ ध्यान दिन र शिक्षामा गुणस्तर कायम गर्न आग्रह गर्नुभयो।
समारोहमा विद्यालयमा अध्यापनरत उत्कृष्ट शिक्षकहरु मा वि शिक्षक भुवन सिं फाल मगर, नि मा वि शिक्षक हिरामाया गिरी र प्रा वि शिक्षक अच्युत प्रसाद पराजुलीलाई बर्ष उत्कृष्ट शिक्षकको रूपमा सम्मान गरिएको थियो । निर्मला पराजुली साहित्य कोष,स्व।तारादेवी गिरी स्मृति कोष लगाएत संघसंस्थाबाट विद्यालयका जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरियो ।विद्यालयका प्रअ विरेन्द्रराज गिरीले विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अशोक पराजुलीको अध्यक्षतामा भएको समारोहमा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गर्नुभयो ।शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुबेदी,चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १३ का अध्यक्ष रामप्रसाद गौतम,वडा नम्बर ११ का अध्यक्ष रोशनराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा नगर शिक्षा समितिका सदस्य दधिराम पराजुली,नेपाली काङ्ग्रेसका कमलराज गिरी,नेकपा एमालेका सुदनराज गिरी,नेकपा माओवादी केन्द्रका विमलराज गिरी,वडा सदस्यहरु,विद्यालयका पुर्व अध्यक्षहरु,पुर्व प्रधानाध्यापक,विभिन्न संघ सस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्