२०८२ असार ३
                           

चीन सरकारले कुविण्डेलाई ‘जिवन्त गाउँ’ परियाेजनाको रुपमा विकास गर्ने 

सिन्धुपाल्चोक, ८साउन
चीन सरकारले सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका वडा न .४ लाई ‘जिवन्त गाउँ ’ नमुना परियाेजनाेको रुपमा विकास गर्ने भएको छ । साेमबार एक समारोहबीच  ‘जिवन्त’ गाउँ नमूना परियोजनाका लागि निर्वतमान सभामुख अग्नीप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ दुतावासका आर्थिक तथा वाणिज्य काउन्सुलर सियूले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । छिमेकी मित्र राष्ट्र चीनको सहयोगमा चीन- दक्षिण एसियाली मुलुकहरु गरिबी निवारण तथा विकास सहयोग केन्द्रले नेपालमा सीमावर्ती जिल्ला सिन्धुपाल्चोकको  कुविण्डे गाउँमा जिवन्त गाँउ निर्माण परियोजना अघि बढाएको हो ।चीन सरकारले अघि सारेको जिवन्त गाउँ परियोजना सिन्धुपाल्चोकको कुविण्डे पहिलो ।

 

काउन्सुलर सियूले परियोजनालाई दक्षिण एशियाली मूलुकहरुमा सुरु गर्ने लक्ष्य अुनुरुप पहिलोपटक सिन्धुपाल्चोककोको कुविण्डेबाट सुरु भएको सुनाउँनुभयो । उहाँले कुविण्डेलाई कृषि र पशुपालनसँगै जोड्दै जिवन्त गाउँ बनाउन चीन सरकार पछी नहट्ने बताउँनुभयो ।

कार्यकममा र्निर्वतमान सभामुख सापकोटाले बाेल्दै जीवन्त गाउँ परियोजनामार्फत कुविण्डेलाई नमूना गाउँ बनाउने चिनियाँ परियोजनालाई सबैले सघाउनु पर्ने बताउँनुभयो । परियोजनाले कुविण्डे गाउँको मूहार नै फेरिने भन्दै गाउँमा आएको अवसरलाई सहयाेग र समन्वयमा लाग्न उहाँले आग्रह गर्नुभयो ।गाँउहरुलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने पनि परियोजाको कार्यक्रममा समावेश गरिएको छ।


चीनका निर्देशक लि जिउहोङ, साउथवेष्ट विश्वविद्यालय चीनका लि छुयेङका अनुसार परियोजनाबाट कुविण्डे जिवन्त गाउँ बन्नका साथै आर्थिक स्तरोन्नती , जीवनस्तरमा सुधार ल्याउन र विकास निर्माण बढाउन मद्दत पुग्ने अपेक्षा  छ ।

निर्वतमान सभामुख सापकोटा र काउन्सुलर सियुले ४ सय ३६ जना विद्यार्थीलाई १८ किसिमका शैक्षिक र स्वास्थ्य सामाग्रीसहित विद्यालय झोला वितरण गर्नु भएको थियो । साथै काउन्सुलर सियुले कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटालाई दुध प्याकिङ मेशिन हस्तान्तरण गर्नुभयो ।याे परियोजनाले नेपाल र चीनबीचको मित्रतामा अझ प्रगाढ हुने देखिएकाे छ।

प्रतिक्रिया दिनुहोस्