२०८१ श्रावण १२
                           

त्रिपुरासुन्दरी ४ मा ढुङ्गाले लागेर एकजनाको मृत्यु

भदौ १५,सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ मा ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ । बुसुन्डोल खोलामा आएको पहिरोमा परी र पिस्कर माझटोलका बर्ष १७ का अमित थामीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी शिव बुढाथोकिले जानकारी दिनुभयो । तीज मनाउन मामाघर मुलाबारी आएका थामि आज दिउँसो आमा र बहिनीसहित आफ्नो घर पिस्कर माझटोल फर्कने क्रममा ढुंगाले लागेर मृत्यु भएको हो ।
सो खोलामा पुल नहुँदा यसअघि केही स्थानीयलाई खोलाले बगाएर ज्यान लिएको स्थानीयको भनाई छ । मुलावारीबाट पिस्करमा अध्ययन गर्न आउने विद्यार्थी र स्थानीयलाई खेतीपाती गर्न आवतजावत गर्न सो खोला र खसिरहेको पहिरोले जोखिम बनाइरहेको छ । मृतक अमितको आमा र बहिनी सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्