सिन्धुपाल्चोक । गएको २४ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा भएको छ । सिन्धुपाल्चोकको बाहुनेपाटी क्षेत्रमा १०५.२ मिलिमिटर वर्षा भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार चौबीस घन्टामा सिन्धुपाल्चोकसहित १४ जिलामा भारी वर्षा भएको छ । यो अवधिमा सबैभन्दा धेरै वर्षा पाल्पाको पाल्पाको अर्चले मापन केन्द्रमा भएको छ । यहाँ २४३.४ मिलिमिटर वर्षा मापन भएको छ। पाल्पाकै गण्डकोटमा १५२.२ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो चौबीस घन्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा एक सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।
इलामको कन्याममा १०६.४ मिलिमिटर, सोलुखुम्बूको सल्लेरीमा १०४.२ मिलिमिटर, पेकरनासमा ११८.४ मिलिमिटर, काभ्रेको पनौतीमा १३४.८ मिलिमिटर, रोशीमा ११२.६ मिलिमिटर, सिन्धुपाल्चोकको बाहुनेपाटीमा १०५.२ मिलिमिटर, चितवनको माढीमा ११३.२ मिलिमिटर, चर्छरेमा ११०.४ मिलिमिटर वर्षा मापन भएको छ।
प्रतिक्रिया दिनुहोस्