सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत वडा र पालिका तहको अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र दुवै प्रदेशसभा क्षेत्रको अधिवेशन २०८३ असोज १० गते गर्ने तयारी गरिएपनि अहिलेलाई यो समय परिवर्तन भएको छ ।
यसअघि मेलम्ची विजनेश हबमा गर्ने भनिएकोमा जिल्ला निर्वाचन अधिकृतसँग भएको छलफल पश्चात प्रतिकुल मौसमका कारण उक्त दिन गर्न सम्भव नदेखिएको हो । क्षेत्रीय सभापति आइतमान तामाङकाअनुसार २०८३ असोज १२ गते विहान ८ बजे उद्घाटन समारोह सञ्चालन गर्ने र निर्वाचन समितिले सोही दिन उम्मेदवारहरुको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको प्रकृया पूरा गर्नेछ।
मतदान भने असोज १३ गते विहान ७ बजेवाट प्रारम्भ हुने छ । त्यहीअनुसार क्षेत्रीय प्रतिनिधिहरुलाई उपस्थित हुन अनुरोध गरिएको उनले बताए ।
मतदानमा उपस्थित हुँदा मतदाताहरुले क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको प्रमाण पत्र, क्षेत्रीय कार्यसमितिले उपलब्ध गराएको परिचय पत्र र मतदाताको स्पष्ट परिचय खुल्ने नेपाल सरकारले जारी गरेको परिचयपत्र ९नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, लाइसेन्स, पान कार्डमध्ये कुनै एक लिएर आउन समेत मतदातालाई जानकारी गराइएको छ।
फरकपत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्