२०८३ भाद्र ७

पूर्व सांसद सापकोटाले गरे, शहीद प्रतिष्ठानको भवन उद्घाटन

निर्मल बस्नेत
६ साउन २०८२, चनौटे । पूर्व सांसद माधव सापकोटाले एक कार्यत्रलमका विच शहीद प्रतिष्ठान नेपाल जुगल शाखाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उक्त भवन बागमति प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको हो ।

नेपाली कम्युनिष्ट पार्टी जुगलको एकता समायोन विस्तारित बैठक एवं भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्यको जिम्मेवारी समेत रहेर पार्टीको प्रभावशाली युवा नेताको रुपमा परिचित नेता सापकोटाले नेपालमा बामपन्थीहरुको एकताको खाँचो रहेको बताएका छन् । पछिल्लो समय जान्नेलाई छान्ने हुटहुटीले गर्दा आम नागरिकहरु अभाव महंगी र अस्तव्यस्तता विच पछुताउने गरेको दृष्टान्तहरु प्रसस्त भएको तर्क गरे ।


नेपालमा कम्युनिष्टहरुलाई घेराबन्दी गरेको भन्दै त्यसलाई असफल गर्न दिलो या चाँडो एकता र सुदृढको लागि बाटो खुला गर्न आवश्यक छ भने । पार्टीका अवको महाधिवेसन सम्म पुग्दा बामपन्थीहरुको विचमा कस्तो सम्वन्ध विस्तार गर्ने र त्यो कहाँसम्म पुग्ने स्पष्ट खाका निर्माण नगर्दा सम्म एकता भइहाल्ने परिस्थिति पनि नबन्ने उनको तर्क छ ।
भवन निर्माण कार्यक्रममा सहभागि पार्टीका नेता कार्यकर्तालाई उनले गत फागुन २१ को प्रनिनिधी सभा सदस्य निर्वाचनमा सवैभन्दा बढी मत दिएकोमा मतदाताप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा यो भन्दा बढी जनविस्वास बटुल्नकालागि आम पार्टी पंतिलाई आग्रह गरे ।

पार्टी केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज अमृता नेपालले पार्टीको सदस्यता विस्तार र नविकरणको कार्यलाई प्रभावकारी बनाउन पार्टी सर्कुलर अनुरुप काम अगाडी बढाउन जुगल पार्टी समितिलाई निर्देसन गरिन् । उनले आगामी भाद्र मशान्त सम्म पार्टी सदस्य डिजिटाईजेसन कार्य प्रभावकारी बनाउन एकजुट भएर लाग्न सुझाएकी थिइन् ।

पार्टी प्रदेश समिति सदस्य एवं जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले ४ बर्ष ३ महिलाको अवधिसमम कसैसंग बादविखाद नगरि जनभावना अनुरुप कार्य गरिरहेको बताए । पार्टी नेता कार्यकर्तालाई बाँकी अवधिमा समेत रचनात्मक सुझाव सल्लाह प्रदान गर्न आग्रह गरे । स्याङबोले आफु एक्लैले मात्र ख्याल ध्यान दिन नभ्याउने भएकोले सवैको सहयोग आवश्यकताको जरुरी परेको बताए ।
पार्टीको बागमती प्रदेश समिति सदस्य एवं पालिका ईन्चार्ज इश्वर गुभाजुले पार्टीको महाधिबेसन नजिकिदै गरेकोले आन्तरिक पार्टी पंतिलाई फेरी एकपटक मजबुद बनाउन आ–आफ्नो ठाउँबाट लागि पर्नुपर्न सवैलाई आग्रह गरे । अहिले पनि जुगलमा १ मा नै रहेको र भविस्यमा पनि उक्त स्थान कायम गर्न अझ शसक्त भएर जनभावना कदर हुने कार्य गर्न आवश्यक रहेको बताए ।

पार्टीको नेता तथा कार्यकर्ताहरुको सहभागितामा भएको कार्यक्रम पार्टीको वाममति प्रदेश समिति सदस्य एवं दिग्गज नेता जय बहादुर लामाको अध्यक्षतामा पालिका समिति संयोजक इन्द्र सिलवालको सहजीकरण गरेका थिए ।

संयोजक सिलवालको अनुसार आगामी भाद्र २१ सम्मको सदस्ता विस्तार तथा नविकरण कार्य समयमा सम्पन्न गर्न जिल्ला सदस्य मिलन लामाले प्रविधीमा ज्ञान भएकाहरुलाई तालिम प्रदान गरेपछि तिब्र रुपमा अघि बढ्ने बताए । उनले जसको लागि आव्यश्यक कार्यविभाजन र जिम्मेवारी समेत तोकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्