२०८३ असार ६

खेलकुदसँगै सामाजिक गतिविधिमा पनि अग्रसर रहने नगर खेलकुद विकास समितिको प्रतिबद्धता

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकास्थित बुद्ध पार्क परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा इन्द्रध्वज गण, जिल्ला प्रहरी कार्यालय, लायन्स क्लब, चोैतारा स्पोर्टिङ क्लब, रोयल्स फेमिली, सुनौलो बहानी, महिला मैत्री लगायतका स्थानीय क्लब तथा संघ–संस्थाहरूको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत पार्क परिसर तथा वरपरका क्षेत्रमा जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । सरसफाइ अभियानमा स्थानीयवासी, युवाहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले सार्वजनिक स्थललाई स्वच्छ र आकर्षक राख्नु सबैको साझा जिम्मेवारी भएको सन्देश दिएका थिए ।नगर खेलकुद विकास समितिको भर्खरै मात्र जिम्मेवारी सम्हालेका अध्यक्ष रमेश श्रेष्ठले आफ्नो कार्यकालको सुरुवातसँगै यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताए । उनले खेलकुद सम्बन्धि गतिविधि संगै यस्ता सामाजिक उत्तरदायित्वको कामले नगर खेलकुद विकास समितिलाई पृथक पहिचान दिलाउने विश्वास व्यक्त गरे । उनले भने “सार्वजनिक सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न यस्ता अभियान आवश्यक छ “।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि नगरभित्र विभिन्न खेलकुद तथा सामाजिक कार्यक्रमहरूलाई योजनाबद्ध ढंगले निरन्तरता दिइने जानकारी दिए ।
स्थानीयवासीहरूले पनि यस्ता अभियानले नगरको सौन्दर्य वृद्धि गर्नुका साथै सरसफाइप्रति जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । सहभागी संघ–संस्थाहरूबीचको सहकार्यले कार्यक्रम अझ प्रभावकारी बनेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्