चौतारा । कालिकादेवी माध्यमिक विद्यालय देउरालीको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा विद्यालयको विभिन्न गतिबिधिमा उत्कृष्ठ भएका बिद्यार्थीहरुलाई सम्मान एवं पुरस्कृत गरेको गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ देउरालीमा रहेको विद्यालयको वार्षिकोत्सव समारोह निवर्तमान प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सापकोटाले आफूले बाल्यकालदेखि नै सवै गतिविधिको प्रत्यक्ष अवलोकन गरेको बताउदै विद्यालयको स्थापना गर्ने जग्गादाता र संस्थापकहरुको चर्चा गरेका थिए । कुविण्डेको गाउँमा हुर्किएर देशको निती निर्माणको तहमा पुगेका सापकोटाले आफुलाई आम कुबिण्डेबासीले आगामी निर्वाचनमा समेत साथ दिने विश्वास समेत प्रकट गरे । उनले तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमीएको र शान्ति स्थापना पछि पुःन उच्च शिक्षा हासिल गरेको उदाहरण दिदै आफू जस्तै विद्यार्थीहरुलाई पनि उत्सुक भएर पढ्न सुझाव दिए ।
विद्यालयको प्रगती र उन्नतीको कामना गर्दै चौतारा साँगाचोकगढी नगरापालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा, पूर्व नगरप्रमुख अमानसिंह तामाङ र वडाध्यक्ष कुमार शर्माले समेत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका विच कक्षागत, तहगत र विधागत रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्