२०८१ श्रावण १२
                           

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

जेठ २२– प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज आइतवार भेटवार्ता भएको छ । उहाँहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे ।भेटवार्तामा प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

भेटमा उहाँहरूबीच नागरिकतालगायत विचाराधीन विधेयक, उपसभामुख चयनका विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्