जल्किने/ चौतारा साङ्गाचोकगढी नगरपालिकामा नेपाली कम्युनिष्ट पार्टीका विभिन्न कार्यक्रमहरू सम्पन्न भए, जसमा नेकपा (माले) र नेपाली कांग्रेस परित्याग गरी नेकपामा नेता कार्यकर्ता प्रवेश।
चौतारा साङ्गाचोकगढी नगरपालिका–९ नम्बर वडामा भएको नेपाली कम्युनिष्ट पार्टी वडा समितिको एकता विस्तारित बैठक केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) को उपस्थितिमा सम्पन्न भएको थियो। बैठकमा पार्टी संगठन सुदृढ पार्ने, आगामी रणनीति तय गर्ने र स्थानीय तहमा राजनीतिक गतिविधि विस्तार गर्ने विषयमा छलफल भएको छ। बैठकमा सहभागी विभिन्न दलका नेता–कार्यकर्ताहरूलाई पार्टीले हार्दिक स्वागत गरेको छ।
त्यस्तै, चौतारा साङ्गाचोकगढी–१० नम्बर वडामा नेपाली कम्युनिष्ट पार्टी वडा कमिटीको आयोजनामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य अमृता नेपालको प्रमुख उपस्थिती रहेको थियो। कार्यक्रममा चौतारा साङ्गाचोकगढी–१० निवासी, २०७९ प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माले) का उम्मेदवार रहेका वीरबहादुर तामाङको नेतृत्वमा नेपाली कांग्रेस, स्वतन्त्र लगायत विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू नेकपामा प्रवेश गरेका छन्।
दुवै कार्यक्रममा नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी नेतृत्वले संगठनलाई स्थानीय तहमा अझ सक्रिय, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्