२०८१ श्रावण १२
                           

कक्षा ११ को परीक्षाफल प्रकाशित

७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोडको मंगलबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले दिएको जानकारी अनुसार, परीक्षाफल बोर्डको वेबसाइट www.neb.edusanjal.com मा हेर्न सक्नेछन् नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, बिद्यार्थीहरुको नतिजा र आइभीआर सर्भिसबाट र neb.edusanjal.com बाट download गरेर  पनि नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्